२०८३ असार ७ गते , आईतबार

कनकाईमा लिम्बुको घरमा प्रहरी खनतलासी, लागूऔषध बरामद

sajilo news
झापा
२०८३ असार ७ गते , आईतबार
कनकाईमा लिम्बुको घरमा प्रहरी खनतलासी, लागूऔषध बरामद

झापाको कनकाईमा लागू औषधसहित एकजना पक्राउ परेका छन् । गएराति १०:२० बजे कनकाई नगरपालिका– ४ नवज्योति टोलका २१ वर्षीय हेमबहादुर लिम्बुको घर कोठामा इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको गस्ती टोलीले खानतलासी गर्दा कोठाभित्र लुकाईछिपाई राखेको विभिन्न किसिमका लागूऔषध फेला परेको थियो ।

उनको कोठाबाट प्लास्टिकसहित १ ग्राम ब्राउन सुगर, ट्रामाडोल ट्याब्लेट ४५ पिस (क्याप्सुल), डीसाइक्लोमिन हाइड्रोक्लोराइड ट्याब्लेट ४४ पिस ,नाईट्राजेपाम १३ पिस , मोबाइल सामसुङ १ थान र नगद ४८ हजार १५० रुपैयाँ फेला परेको हो । लागू औषधसहित उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ । 

सम्बन्धित समाचार