२०८३ असार ७ गते , आईतबार

इलामको कोल्बुङमा मोटरसाइकल दुर्घटना, बिर्तामोडका दुईजना घाइते

sajilo news
इलाम
२०८३ असार ७ गते , आईतबार
इलामको कोल्बुङमा मोटरसाइकल दुर्घटना, बिर्तामोडका दुईजना घाइते

इलामको कोल्बुङमा मोटरसाइकल दुर्घटना हुँदा बिर्तामोडका दुईजना गम्भीर घाइते भएका छन् । हिजो साँझ ६ः२० बजे इलामको रोङ गाउँपालिका-३ कोलबुङस्थित मेची राजमार्गमा कन्यामाबाट झापातर्फ आउँदै गरेको प्र-१–०१–०१८ प ९५०६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो । मोटरसाइकल सडकको डिभाईडेड (वाल) मा ठक्कर खाई सडकको बायाँपट्टिको साइडबाट अन्दाजी १५ मिटर तल झरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक बिर्तामोड ८ गरामनी बस्ने ४१ वर्षीय जितेन राजवंशीको बायाँ खुट्टामा चोट लागेको छ । बोल्न नसक्ने उनको अवस्था मध्यम रहेको छ । सोही मोटरसाइकलमा पछाडि सवार बिर्तामोड ८ गरामनी बस्ने ५१ वर्षीय कुमार श्रेष्ठको टाउकोमा चोट लागेको छ । बोल्न सक्ने उनको अवस्था पनि मध्यम रहेको छ । दुवै जनालाई तत्काल उद्धार गरी प्रहरी चौकी हर्कटेले उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएको छ ।

 

सम्बन्धित समाचार