२०८३ असार ७ गते , आईतबार

सशस्त्र प्रहरीद्वारा नदीमा फसेका महिलाहरूको उद्धार

sajilo news
झापा
२०८३ असार ७ गते , आईतबार
सशस्त्र प्रहरीद्वारा नदीमा फसेका महिलाहरूको उद्धार

रौतहटको दुर्गाभगवती गाउँपालिका-३ मत्सरी घाटस्थित बागमती नदी पारी मुङको दाल टिपी फर्कने क्रममा नदीमा फसेका महिलाहरूलाई सशस्त्र प्रहरीले उद्धार गरेको छ। 

११ जना महिला र ३ जना बालिका गरी जम्मा १४ जना स्थानीय अचानक बागमती नदीमा पानीको बहाव बढ्न गई नदी पार गर्न नसकी नदीको बीच टापुमा फसेका महिलाहरूको सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गणले उद्धार गरेको सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारीले जानकारी दिए। उनीहरूलाई रबर बोटको सहायताले उद्धार गरी आ-आफ्नो घर तर्फ फिर्ता पठाइएको अधिकारीले जानकारी दिए।

सम्बन्धित समाचार