२०८३ जेष्ठ ३० गते , शनिबार
बङ्गलादेशमा एक महिनामै यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग दुर्घटनामा परी कूल ६७१ जनाको मृत्यु भएको र अन्य एक हजार ६९६ जना घाइते भएका शनिबार सार्वजनिक एक प्रतिवेदनमा उल्लेख छ । बङ्गलादेश यात्री कल्याण समितिका अनुसार देशमा एक महिनाभरि ६१३ सडक दुर्घटनामा परी ६२२ जनाको मृत्यु भएको हो ।
सोही अवधिमा एक हजार ६५२ जना घाइते भएका समितिले जनाएको छ । गत मे महिनामा ४२ वटा रेल दुर्घटनामा परी ३४ जनाको मृत्यु र २९ जना घाइते भएका थिए । त्यसैगरी जलमार्गमा भएका २१ वटा दुर्घटनामा १५ जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका थिए । यसबाहेक अन्य व्यक्तिको सडक दुर्घटनामा मृत्यु भएको हो ।