२०८३ जेष्ठ ३० गते , शनिबार

ब्राउन सुगरसहित विष्णु राजवंशी पक्राउ

sajilo news
झापा
२०८३ जेष्ठ ३० गते , शनिबार
ब्राउन सुगरसहित विष्णु राजवंशी पक्राउ

भारतको पानीट्यांकीबाट लागूऔषध लिएर आउँदै गर्दा एक युवक काँकडभिट्टामा पक्राउ परेका छन् । आज दिउँसो १:२० बजे लागूऔषध ब्युरो कार्यालय काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर-६ स्थित पुरानो मेची पुलको बाटो हुँदै भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बिर्तामोड-७ बस्ने ३० वर्षीय विष्णुसिंह राजवंशीलाई पक्राउ गरेको हो ।शङ्का लागेर चेकजाँच गर्ने क्रममा उनीसँग प्लास्टिकबाहेक ५ ग्राम ४० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।

उक्त लागू औषधसहित उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार