२०८३ जेष्ठ ३० गते , शनिबार

देशका यी प्रदेशमा हुनेछ भारी वर्षा

sajilo news
झापा
२०८३ जेष्ठ ३० गते , शनिबार
देशका यी प्रदेशमा हुनेछ भारी वर्षा

यो साता कोशी, मधेश, बागमती प्रदेशसम्म मनसुनी वायुको प्रभाव रहने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हिमाली भू-भागमा कोशी प्रदेशमा साताभर, बागमती र गण्डकी प्रदेशमा साताको सुरु र मध्यमा केही स्थानहरूमा तथा अन्त्यमा थोरै स्थानहरूमा मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ। त्यसैगरी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा साताभर मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ।

पहाडी भू-भागमा कोशी प्रदेशमा साताभर, बागमती र गण्डकी प्रदेशमा साताको सुरु र मध्यमा केही स्थानहरूमा तथा अन्त्यमा थोरै स्थानहरूमा साथै लुम्बिनी प्रदेशमा साताको सुरुमा केही स्थानहरूमा तथा मध्य र अन्त्यमा थोरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा साताभर मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साताको सुरुमा कोशी, बागमती, गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।  

तराई भू-भागमा कोशी प्रदेशमा साताभर केही स्थानहरूमा, मधेश,बागमती र गण्डकी प्रदेशमा साताको सुरु र मध्यमा थोरै स्थानहरू तथा अन्त्यमा एक-दुई स्थानमा साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साताको सुरुमा थोरै स्थानहरूमा तथा मध्य र अन्त्यमा स्थानमा मेघगर्जन/चट्याङ/असिना/हावाहुरीसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साताको सुरुमा कोशी, बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ। 

सम्बन्धित समाचार