२०८३ जेष्ठ ३१ गते , आईतबार

अमेरिकामा १२ देशका नागरिकलाई प्रतिबन्ध

sajilo news
एजेन्सी
२०८२ जेष्ठ २२ गते , विहीबार
अमेरिकामा १२ देशका नागरिकलाई प्रतिबन्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका १२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाउने घोषणापत्रमा हस्ताक्षर गरेका छन्।अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाइएका देशहरूमा अफगानिस्तान, म्यानमार, चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गिनी, एरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन छन्। ती देशका नागरिकले अमेरिकाको राष्ट्रिय सुरक्षा जोखिम पुर्‍याउने भन्दै अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाइएको बीबीसीले जनाएको छ। 

ह्वाइट हाउसकी प्रवक्ता एबिगेल ज्याक्सनले अमेरिकी नागरिकलाई क्षति पुर्‍याउनसक्ने भएकाले राष्ट्रपति ट्रम्पले अमेरिकीहरूलाई खतरनाक विदेशीहरूबाट बचाउन १२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाएको बताएकी छन्।यो घोषणाले ट्रम्पको २०१७ मा पहिलो कार्यकालमा गरेको आदेशको पुनरावृत्ति गरेको छ।  त्यतिबेला उनले सात मुस्लिम बहुल देशहरूबाट अमेरिका यात्रामा प्रतिबन्ध लगाएका थिए।

सम्बन्धित समाचार