२०८३ जेष्ठ ३१ गते , आईतबार
केपी ओली कपमा मछिन्द्रलाई उपाधि ह्याट्रिक
त्रिभुवन आर्मीलाई हराउँदै मछिन्द्र क्लबले केपी ओली कपको उपाधि जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा मछिन्द्रले आर्मीलाई २-० गोलले पराजित गर्दै ह्याट्रिक गरेको हो। मछिन्द्रलाई जित दिलाउन सनिस श्रेष्ठ र स्टेफन जमाह जलीले गोल गरे। मछिन्द्रले पहिलो र दोस्रो हाफमा समान एक गोल गरेको हो।
खेलको २९औं मिनेटमा सनिसले गरेको प्रहार आर्मीका रक्षक विमल पाण्डेबाट डिफ्लेक्ट हुँदै गोल भएको थियो। ७३औं मिनेटमा स्टेफन जमाह जलीले गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर बनाए। जलीले मलिक युसुफको क्रसमा ड्याप इन गोल गरे। यसपछि थप गोल नहुँदा मछिन्द्र लगातार तेस्रो पटक च्याम्पियन बनेको हो। मछिन्द्रले यसअघि प्रतियोगिताको पहिलो र दोस्रो संस्करणको उपाधि जितेको थियो।