२०८३ जेष्ठ ३१ गते , आईतबार

भद्रपुरमा रास्वपाको विरोध प्रदर्शन, एमालेको पार्टी कार्यालयका लागि कार्यकर्ताले बुझाए प्रजिअलाई १५ रुपैयाँ

sajilo news
झापा
२०८१ कार्तिक ५ गते , सोमबार
भद्रपुरमा रास्वपाको विरोध प्रदर्शन, एमालेको पार्टी कार्यालयका लागि कार्यकर्ताले बुझाए प्रजिअलाई १५ रुपैयाँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले झापाको सदरमुकाम भद्रपुरमा विरोध प्रदर्शन गरेका छन् ।

भद्रपुरस्थित चन्द्रगढीको महेन्द्र पार्कअगाडि भेला भई शुरु भएको र्‍यालीले विभिन्न नारा लगाउँदै बजार परिक्रमा गरी प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई ज्ञापन पत्र बुझाएको थियो । सरकार मरेको भन्दै साङ्केतिक बिरोध स्वरुप र्‍यालीका सहभागीहरूले सेतो फेटा बाँधेका थिए भने नेकपा एमाले पार्टी कार्यालय निर्माणको लागि झापाको १५ वटा पालिकाबाट १–१ रुपैयाँ जम्मा गरी १५ रुपैयाँ उनीहरूले प्रजिअ बास्तोलालाई बुझाएका छन् ।

रास्वपाका जिल्ला सभापति उमेश खरेलको नेतृत्वको र्‍यालीले ‘ओली सरकार मुर्दावाद, रास्वपा पार्टी जिन्दाबाद, देशको सरकार मर्‍यो हामीलाई जुठो पर्‍यो’जस्ता नारा लगाएका थिए । र्‍यालीपछि भद्रपुर– ७ भैरेचोकमा कोणसभा गरिएको थियो । कोणसभामा कोशी प्रदेश इन्चार्ज सुरेशकुमार पोखरेल , जिल्ला सभापति उमेश खरेल , अर्जुनधारा नगर सभापति टीआर गौतम, दमक नगर उपसभापति प्रतिमा दाहाललगायतले सम्बोधन गरेका थिए ।

सम्बन्धित समाचार