२०८३ जेष्ठ ३१ गते , आईतबार

कोशीमा कांग्रेसका तीन मन्त्री र राज्यमन्त्रीमा झापाका राजवंशी

sajilo news
झापा
२०८१ भाद्र २८ गते , शुक्रबार
कोशीमा कांग्रेसका तीन मन्त्री र राज्यमन्त्रीमा झापाका राजवंशी

कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस भुपेन्द्र राई नेतृत्व सरकारमा सहभागी हुने भएको छ। शुक्रबार बिहान ९ बजे कांग्रेसका तीन मन्त्री तथा एक राज्यमन्त्रीले सथप लिँदैछन्। कांग्रेसका चारजनालाई समेटेर मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सरकार विस्तार गर्न लागेका हुन् ।  

कांग्रेसका कोशी प्रदेश महामन्त्री राई कृष्णप्रसाद सिटौला समूहका नेता हुन्। उनले भौतिक पूर्वाधार मन्त्रालय सम्हाल्नेछन्। यस्तै खगेनसिंह हाङ्गा उद्योग कृषि तथा सहाकारी तथा सदानन्द मण्डल  पर्यटन, वन, वातावरणमन्त्री बन्ने कांग्रेस संसदीय दलका नेता उद्धव थापाले जानकारी दिए। 

यसैगरी भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बन्नेछन्। शेखर कोइराला पक्षले दुई मन्त्री पाउनुपर्ने अडान राखे पनि अहिलेसम्म नाम नदिएको नेताहरूले बताए।

सम्बन्धित समाचार