२०८३ जेष्ठ ३१ गते , आईतबार

अन्तराष्ट्रिय नर्सिङ दिवस : प्रादेशिक अस्पतालमा रक्तदान

sajilo news
झापा
२०८१ बैशाख ३० गते , आईतबार
अन्तराष्ट्रिय नर्सिङ दिवस : प्रादेशिक अस्पतालमा रक्तदान

भद्रपुर । भद्रपुरमा २०४ ‍औं अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइएको छ । नर्सिङ दिवसको अवसरमा नेपाल नर्सिङ इकाई समितिले भद्रपुरस्थित प्रादेशिक अस्पतालमा आइतबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा गरिएको कार्यक्रममा सात महिलासहित २६ जनाले रक्तदान गरेका थिए ।

इकाईका अध्यक्ष बिपी चौधरीको अध्यक्षता तथा प्रादेशिक अस्पताल भद्रपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. रामबाबु खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अस्पतालका नायब सुब्बा वशिष्ठ अधिकारी, नर्सिङ संघ झापाकी महासचिव सीता भण्डारी, नर्सिङ अधिकृत सुजता पौडेल लगायतले नर्सिङ दिवसको अवसरमा शुभकामना मन्तव्य राखेका थिए । स्वागत मन्तव्य रेणु मल्लिकले गरेको कार्यक्रमको सञ्चालन सचिव निरु कुवरले गरेकी थिइन ।

सम्बन्धित समाचार