२०८३ जेष्ठ ३१ गते , आईतबार

हल्दिबारीका १२ परिवारलाई निःशुल्क बिमा

sajilo news
झापा
२०८१ बैशाख १६ गते , आईतबार
हल्दिबारीका १२ परिवारलाई निःशुल्क बिमा

हल्दिबारी गाउँपालिकाले विपन्न आवासमा बसोबास गर्ने १२ परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ। हल्दिबारी गाउँपालिकामा भएका अति विपन्न नागरिकहरूको छनोट गर्ने क्रममा विपन्न आवासमा बस्ने परिवारका ५० जनाको स्वास्थ्य बिमा गरी हिजो बिमा कार्ड वितरण गरिएको हो। उनीहरूको बिमाबापत गाउँपालिकाले ४४ हजार ८ सय रुपैयाँ खर्च गरेको छ।

विपन्न नागरिकहरूले सर्वसुलभ रूपमा स्वास्थ्य सेवा लिन सकुन् भनेर यो कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनले बताए। १२ परिवारको बसोबास रहेको आवास क्षेत्रमा शौचालय, विद्युत्, खानेपानीलगायतका अत्यावश्यक सेवा सुरुवातबाटै उपलब्ध गराइएको छ भने विद्यार्थीहरूका लागि नजिकै विद्यालय तथा गाउँपालिकाको आधारभूत अस्पताल पनि रहेको छ।
कार्यक्रममा हल्दिबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू,वडा सदस्यहरू, स्वास्थ्यकर्मीलगायतको उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार