एमआर संघ मेचीको अध्यक्षमा विनोद राजवंशी
नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघ (एमआर) को मेची इकाई समितिको अध्यक्ष पदमा विनोद राजवंशी सर्वसम्मत चयन भएका छन् ।बिर्तामोडमा शनिवार सम्पन्न संघको आठौँ इकाई अधिवेशनबाट अध्यक्षमा राजवंशी चयन भएका हुन् । समितिको वरिष्ठ उपाध्यक्षमा विजय विमली, उपाध्यक्षमा रोशनकुमार चौधरी, सचिवमा सुजन कट्टेल, सहसचिवमा सर्वेन्द्र कुमार राजवंशी र ललनकुमार झा, कोषाध्यक्षमा निकेशकुमार यादव र सह कोषाध्यक्षमा पूजा निरौला चयन भएका छन् ।
अधिवेशनले समितिको सदस्यहरूमा आनन्द शाह, भवेशकुमार झा, भूपेन्द्रप्रसाद चौधरी, रोशनकुमार झा, गौशल आचार्यलाई चयन गरेको छ । नवनिर्वाचित समितिले शनिवार नै रोजिन राजवंशी र अभिषेक उप्रेतीलाई सदस्यमा मनोनीत गरेको छ । त्यस्तै समितिको सल्लाहकारमा निवर्तमान अध्यक्ष तेज कोइराला, पर्शुराम मिश्र र तेज बस्नेतलाई चयन गरेको छ । संघका केन्द्रीय महासचिव सुनिल श्रेष्ठको प्रमुख आतिथ्ययतामा भएको अधिवेशनमा साबिक मेचीमा कार्यरत एक सय ५० सदस्यको सहभागिता रहेको थियो । नेपाल र भारतका विभिन्न औषधी कम्पनीमा कार्यरत उनीहरूले पेसागत हकहित तथा सर्वसाधारणलाई औषधीबारे सत्य तथ्य जानकारी दिनका लागि संगठित भएर अघि बढेको बताएका छन् ।