२०८३ असार ८ गते , सोमबार

सरकारले दियो शनिबार देशभर सार्वजनिक बिदा

sajilo news
झापा
२०७९ जेष्ठ २० गते , शुक्रबार
सरकारले दियो शनिबार देशभर सार्वजनिक बिदा

सरकारले भोलि शनिबार देशभर सार्वजनिक बिदा दिएको छ।  गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै रातो मछिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको चौंथो दिन रातो मछिन्द्रनाथको भोटो देखाउने परम्परा रहेकोले सार्वजनिक बिदा दिइएको जनाएको छ।  

 गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'रातो मछिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको तथा जावलाखेल पुगेको चौंथो दिन रातो मछिन्द्रनाथको भोटो देखाउने परम्परा रहेकोमा भोलि २१ गते शनिबार राष्ट्रपति विद्या देवी भण्डारीको उपस्थितिमा कार्यक्रम रहेकोले उक्त दिन देशभर सार्वजनिक विदा रहेको छ।'

सम्बन्धित समाचार