२०८३ असार ८ गते , सोमबार
सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु
धनकुटा र मोरङको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । बुधवार बिहान राति २ बजे धनकुटा नगरपालिका- ६ मा धनकुटाबाट धरानतर्फ जाँदै गरेको मे ६ प १७५६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा खाँदवारि नगरपालिका- १० सङ्खुवासभा घर भई धनकुटा नगरपालिका- ६ मा डेरा गरी बस्ने २४ वर्षीय पूरण राई घाइते भएका थिए ।
घाइते उनलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा लगिएको र उपचारको क्रममा राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । त्यस्तै गत सोमबार साँझ साढे ६ बजे मोरङको विराटनगर महानगरपालिका- १० मा को ३९ प ७८९५ नम्बरको मोटरसाइकलले पैदल यात्री स्थानीय ८५ वर्षीय मुसा यादवलाई ठक्कर दिएका थिए । घाइते भएका यादवको उपचारको क्रममा मङ्गलवार साँझ नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।