२०८३ असार ८ गते , सोमबार
भद्रपुरका निवर्तमान मेयर श्रेष्ठलाई मातृ शोक
नेकपा (एमाले) प्रदेश कमिटी सदस्य तथा भद्रपुर नगरपालिकाका निवर्तमान मेयर जीवनकुमार श्रेष्ठलाई मातृ शोक परेको छ। भद्रपुर- ८ निवासी श्रेष्ठको माता खड्गकुमारी श्रेष्ठको मंगलबार साँझ साढे ६ बजे ८१ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । खड्गकुमारीको ओमसाई पाथीभरा हस्पिटल भद्रपुरमा उपचारको क्रममा निधन भएको हो । उनी लामो समयदेखि मुटु तथा श्वासप्रश्वास सम्वन्धी रोगबाट पिडित थिइन् ।
पछिल्लो पटक सोही रोगको समस्या बढेपछि तीन दिनदेखि उनी ओमसाइमा भर्ना थिइन । उनका पति शेरबहादुर श्रेष्ठ तथा निवर्तमान मेयर जीवन श्रेष्ठ लगायत तीन छोरा र तीन छोरी रहेका छन् । उनको दाहसंस्कार भोलि (बुधवार) बिहान ८ बजे निजी निवासबाट कनकाई नदीमा लगेर गरिने पारिवारिक स्रोतले जनाएको छ ।