२०८३ असार ८ गते , सोमबार
पत्रकार दाहाललाई मातृ शोक
झापाका अग्रज पत्रकार चिन्तामणि दाहाललाई मातृ शोक परेको छ। नागरिक एफएमका प्रबन्ध निर्देशक तथा मेची बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख समेत रहेका उनका माता इन्द्रमाया दाहालको ९१ वर्षको उमेरमा निधन सोमबार विहान निधन भएको हो।
बुद्धशान्ति गाउँपालिका ५ शान्तिनगर स्थायी बसोवास गर्दै आएकी इन्द्रमायाको सोमबार दिउँसो कनकाई नदीमा अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
उनका चार छोराहरू यादव, चिन्तामणि, भद्रमणि र हिरामणि तथा ३ छोरीहरू चन्द्रकला, हेमन्ता सापकोटा र हेमन्ता भण्डारी छन् । माइलो छोरा चिन्तामणि भने अहिले तीर्थ यात्रामा भारत गएको बेला मातृ शोक परेको बुहारी कमला दाहालले जानकारी दिए । परिवारका अनुसार चारधाम तीर्थ यात्रा गर्न गएका दाहाल तीर्थ यात्रा छोट्टाएर घर फर्कँदै छन् ।