२०८३ असार ८ गते , सोमबार

बिर्तामोड उद्योग वाणिज्यद्वारा दुई पत्रकार पुरस्कृत

sajilo news
झापा
२०७९ जेष्ठ १६ गते , सोमबार
बिर्तामोड उद्योग वाणिज्यद्वारा दुई पत्रकार पुरस्कृत

बिर्तामोड उद्योग वाणिज्य संघले दुईजना पत्रकारलाई सम्मान गरेको छ । संघको सोमबार अतिथि सदनमा सम्पन्न पाँचौँ वार्षिक साधारण सभामा सञ्चारकर्मी केशव भट्टराई र विनोद पाण्डेलाई सम्मान तथा पुरस्कृत गरिएको हो । नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष समेत रहेका कञ्चनजङ्घा एफएमका सम्पादक भट्टराई र पूर्वाञ्चल दैनिकका फोटो पत्रकार पाण्डेलाई साधारण सभाको अवसर पारेर सम्मान गरिएको हो । पाण्डे महासंघका कार्यसमिति सदस्य हुन् ।

पत्रकारद्वयलाई नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष चण्डीराज ढकालले दोसल्ला ओढाएर नगदसहित प्रशंसा पत्र प्रदान गरेका थिए । साधारण सभामा संविधानसभा सदस्य मनकुमार गौतम, सुधीरकुमार सिवाकोटी, नेपाल उद्योग वाणिज्य संघका प्रदेश–१ अध्यक्ष टीकाराज ढकाल, आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत शुभ रिजाल लगायतले शुभकामना राखेका थिए । कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, प्रहरी उपरीक्षक विश्वमणि पोख्रेल, कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले गरेका थिए भने सञ्चालन महासचिव अर्जुन मैनालीले गरेका थिए ।

सम्बन्धित समाचार