२०८३ असार ८ गते , सोमबार

बिर्तामोडमा चोरीका घटना बढ्यो

sajilo news
झापा
२०७९ जेष्ठ १६ गते , सोमबार
बिर्तामोडमा चोरीका घटना बढ्यो

बिर्तामोडमा चोरीका घटनामा बढ्न थालेको छ ।  एकपछि अर्को घटना हुने क्रममा पछिल्लो पटक बिर्तामोड ३ मा चोरी भएको हो । शनिवार बिहान ३ बजे बिर्तामोड ३ का गोकुल अधिकारीको घरबाट मोबाइल र नगद चोरी भएको पीडितले बताएका छन् । झ्यालबाट लट्ठी छिराएर मोबाइल फोन र पेन्टको गोजीमा भएको नगद १०२५ रुपैयाँ चोरी गरेको अधिकारीले बताए ।

गत वर्ष पनि उनको घरबाट ट्युबवेलको हेड चोरी भएको थियो । बिर्तामोडमा चोरीका घटनामा कमी हुन सकेको छैन । चोरी नियन्त्रणका लागि नियमित गस्ती गर्ने गरेको र केही व्यक्तिहरूलाई पक्राउ गरी कानुनी कारबाही गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले बताए ।
 

सम्बन्धित समाचार