२०८३ असार ८ गते , सोमबार

राप्रपा निकट युवक सङ्गठनद्वारा मेचीनगरमा राँके जुलुस प्रदर्शन

sajilo news
झापा
२०७९ जेष्ठ १४ गते , शनिबार
राप्रपा निकट युवक सङ्गठनद्वारा मेचीनगरमा राँके जुलुस प्रदर्शन

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवक सङ्गठन मेचीनगरले पेट्रोलियम पदार्थको मुल्यवृद्विको विरोधमा राँके जुलुस प्रदर्शन गरेको छ ।

प्रजातान्त्रिक युवक सङ्गठनमा आबद्ध युवाहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर लगायत बारेमा नाराबाजी गर्दै धुलाबारी बजारमा प्रदर्शन गरेको हो ।

युवक सङ्गठन मेचीनगरका अध्यक्ष गोविन बुढाथोकी, सचिव विनोद रिमालको नेतृत्वमा सयौँ युवाहरू जुलुसमा सहभागी रहेको राप्रपा मेचीनगरकी अध्यक्ष सविना बजगाईँले जानकारी दिइन् । यता अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थको पूर्वाधार र भन्सार शुल्क घटाएर मूल्यवृद्धि कम गर्ने सैद्धान्तिक सहमति गरेको जनाइएको छ ।

सम्बन्धित समाचार