आजको मौसम : मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना
हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। आज (शनिबार) बिहान हाल देशमा आंशिकदेखि सामान्य बदली रहनेछ । साथै प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शनिबार दिउँसो भने प्रदेश १,मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेभएको छ। बाँकी भू-भागमा भने आंशिक बदली रहनेछ। साथै प्रदेश-१, मधेस प्रदेश, बागमती प्रदेश लगायत देशका पहाडी भू(भागका केही स्थानमा मेघगर्जन-चट्याङ्ग र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शनिबार राती भने प्रदेश-१, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू-भागमा भनेआंशिक बदली रहने भएको छ। साथै प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङ्ग र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।