२०८३ असार ८ गते , सोमबार

८३४ कैदीको सजाय मिनाहा

sajilo news
झापा
२०७९ जेष्ठ १४ गते , शनिबार
८३४ कैदीको सजाय मिनाहा

गणतन्त्र दिवसको अवसरमा सरकारले ८३४ कैदीको सजाय माफी मिनाहा गरेको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्ग श्रेङ लिम्बुसहित २७१ जना र नरबहादुर साँवासमेत ५४७ जनाको बाँकी कैद सजाय माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधिको दफा १५९ बमोजिम उमाकान्त पराजुलीसहित १६ कैदीको सजाय पनि माफ भएको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपति कार्यालयले शुक्रबार छुट्टाछुट्टै दुई विज्ञप्ति जारी गरी कैदीको सजाय मिनाहाबारे जानकारी दिएको हो।

सम्बन्धित समाचार