२०८३ असार ८ गते , सोमबार

कानुन व्यवसायीहरूको ड्रेस कोर्ट अनिवार्य 

sajilo news
रेवतीराज घिमिरे
२०७९ जेष्ठ १४ गते , शनिबार
कानुन व्यवसायीहरूको ड्रेस कोर्ट अनिवार्य 

झापा । नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष कृष्ण गोपाल घिमिरेले सम्पूर्ण कानुन व्यवसायीहरूको लागि ड्रेस कोर्टको परिकल्पना गरेको बताएका छन् ।     

झापा वारको ५५ औं साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष घिमिरेले  कानुन व्यवसायलाई कमाई  खाने भाँडो नभएर व्यवसाय प्रतिको ईमान्दारिता देखाउन ड्रेस कोर्टको परिकल्पना गरेको बताएका हुन्

  उनले कानुन व्यवसायी विनाको  न्यायालयको अर्थ नहुने भन्दै न्यायपालिकामा सुधार आउनु पर्नेमा जोड दिए ।     कसैले कंहि कतैबाट कुनै पनि कानुन व्यवसायीहरूलाई  होच्याउने प्रवृत्ति एशोसियसनलाई  शैया नहुने बताउँदै उनले भने, इमान्दारीतापुर्ण तरिकाले व्यवसाय गर्ने कुनै पनि  कानुन व्यवसायीलाई दुर्व्यवहार गर्ने जो कसैलाई एसोसिएसनले छाड्दैन ।

 कार्यक्रममा बोल्दै जिल्ला अदालत झापाका न्यायाधीश  गिरीराज गौतमले स्वच्छ निष्पक्ष न्याय प्रदान गर्न न्यायालय कटिबद्ध भएर लाग्ने बताए ।   “नैतिक आचरणयुक्त दक्ष, व्यावसायिकता हाम्रो प्रतिबद्धता, स्वच्छ र सक्षम न्यायपालिका सहितको सङ्घीयता” भन्ने मूल नारा सभाको अध्यक्षता झापा वारका अध्यक्ष हरि अधिकारीले गरेका थिए । 

    कार्यक्रममा एसोसिएसन केन्द्रीय उपाध्यक्ष सुरज खत्री, पूर्व उपाध्यक्ष अशोक पोखरेल, वरिष्ठ अधिबत्तहरु गजेन्द्र आचार्य, लीला प्रसाद सापकोटा, टङ्क उप्रेती , कुलप्रसाद दाहाल प्रहरी निरीक्षक गुरु प्रसाद तिम्सिना, कारागार प्रमुख  सुरेन्द्र थापा, सहायक जिल्ला न्यायधीवत्ता हेमचन्द्र रेग्मी  लगायतले मन्तव्य राख्दै बार र न्यायालयप्रतिको सम्बन्धमा जोड दिएका थिए । सचिव हेमकला कट्टेलले सञ्चालन गरेको कार्यक्रमको स्वागत उपाध्यक्ष कमला आचार्यले गरेकी थिइन् । 

 

सम्बन्धित समाचार