२०८३ असार ८ गते , सोमबार

घर बनाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु 

sajilo news
सुनसरी
२०७९ जेष्ठ १३ गते , शुक्रबार
घर बनाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु 

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका- २ स्थित मेहेताटोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो साढे ११ बजे छिमेकीको घर बनाउने क्रममा छतमा फलामको रड तान्दा रडले बिजुलीको तार छुन गई करेन्ट लाग्दा स्थानीय ४० वर्षीय जीवानन्द मेहेता गम्भीर घाइते भएका थिए ।

घाइते मेहेतालाई उपचारको लागी जिल्ला अस्पताल सुनसरी पुर्‍याउनसाथ मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको जनाइएको छ । 

सम्बन्धित समाचार