२०८३ असार ८ गते , सोमबार

आजदेखि हट्यो निर्वाचन आचारसंहिता 

sajilo news
झापा
२०७९ जेष्ठ १० गते , मंगलबार
आजदेखि हट्यो निर्वाचन आचारसंहिता 

स्थानीय तह निर्वाचनका लागि लगाइएको आचारसंहिता आज (मंगलबार) देखि  हटेको छ। गत चैत २५ गतेदेखि मुलुकभर लागू भएको आचारसंहिता आजदेखि हटाएको निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ।

हाल स्थानीय चुनाव सकिएर अन्तिम परिणाम आउने क्रम रहेको हुँदा आचारसंहिता हटाइएको आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्माले जानकारी दिए। उनका अनुसार निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गर्दै निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७८ को दफा १ को उपदफा २ बमोजिम निर्वाचन आचारसंहिता लागू गरेको थियो।

सम्बन्धित समाचार