२०८३ असार ८ गते , सोमबार
टिपरले बिजुलीको तार छुँदा करेन्ट लागेर चालकको घटनास्थलमै मृत्यु
मोरङको बेलावारी नगरपालिका- ५ मा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । आइतबार दिउँसो साढे २ बजेको समयमा जलजला क्रसरभित्र पार्किङ गरी राखेको टिपरलाई सफा गर्नका लागि डाला उठाउँदा अचानक बिजुलीको तारमा छुन गई करेन्ट लाग्दा टिपरका चालक सुन्दरहरैचा नगरपालिका-८ सलकपुरका ३० वर्षीय नगेन्द्र कार्कीको घटनास्थलमा नै मृत्यु भएको हो । घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय बेलवारीबाट प्रहरी टोली खटी गई थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।