२०८३ असार ८ गते , सोमबार

हावाहुरीका कारण तीन जनाको मृत्यु 

sajilo news
झापा
२०७९ जेष्ठ ६ गते , शुक्रबार
हावाहुरीका कारण तीन जनाको मृत्यु 

चितवनमा हावाहुरीका कारण भएको घटनामा ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीले ३ जनाको मृत्यु भएको बताए । यद्यपी मृतकहरुको सताखत हुन बाँकी रहेको उनको भनाइ छ । 
उनका अनुसार भरतपुर–११ भोजाडमा रुख ढलेर अटो च्यापिदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । यसैगरी भरतपुर–१ बसिनेमा रुखले म्याजिक च्यापिदा अर्का एक जनाको मृत्यु भएको छ ।  आजै नारायणी पुल नजिकै पनि हाराहुरीकै कारण ट्रक दुर्घटना हुँदा २ जना घाइते भएका थिए । शुक्रबार साँझ चितवनसहित देशका विभिन्न स्थानमा तीव्र हावाहुरी चलेको थियो । 

सम्बन्धित समाचार