२०८३ असार ८ गते , सोमबार

कार दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

sajilo news
झापा
२०७९ जेष्ठ ४ गते , बुधबार
कार दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

उदयपुरमा कार दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने चारजना घाइते भएका छन् । मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका-६ नेपालटार दनुवारबेसीको बैद्यनाथको पुलमा वीरगंञ्जबाट विराटनगरतर्फ गुडेको बा २५ च ७८१९ नम्बरको कार मंगलवार राति अनियन्त्रित भएर दुर्घटना हुँदा कारमा सवार एकजनाको मृत्यु र ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए । दुर्घटनाका घाइतेमध्ये मोरङको विराटनगर महानगरपालिका-५ चाँदनी चोकका ३४ वर्षीय देवेन्द्र चापागाईँको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा राति ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएका छन् ।

कार अनियन्त्रित भई सडकबाट १५ मिटर तल खसेको थियो । दुर्घटनामा घाइते भएकाहरूलाई जिल्ला अस्पताल गाईघाटमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित न्युरो हस्पिटल रिफर गरिएको छ । घाइतेहरूमा मोरङ विराटनगर महानगरपालिका-५ चाँदनी चोकका चालक ३१ वर्षीय विशाल राय, २३ वर्षीय सुजन खतिवडा, २७ वर्षीय सागर घिमिरे र ३५ वर्षीय सुरज पौडेल रहेका जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए । दुर्घटना हुने बित्तिकै प्रहरी चौकी नेपालटार र स्थानीयवासीको सहयोगमा उद्धार गरी अस्पताल पठाउने काम भएको स्थानीयवासीले बताए । मृतक चापागाईँको शव भने जिल्ला अस्पताल गाईघाटको शव गृहमा राखिएको छ

सम्बन्धित समाचार