२०८३ असार ८ गते , सोमबार
भद्रपुर नगरपालिकामा ३४०२८ मत खस्यो
भद्रपुर नगरपालिकामा ३४ हजार २८ मत खसेको छ । नगरमा ५१ हजार २६० मतदाता रहेकोमा १७ हजार २३२ जनाले मतदान नगरेको पाइएको छ । नगरभरिका १० वडाको ५८ मतदान केन्द्रमा मतदान भएको थियो । नगरमा नेपाली काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन गरी मेयरमा काँग्रेसका गणेश पोखरेल र उपमेयरमा माओवादीका शिवकुमार राजभण्डारीलाई उम्मेदवार बनाएका छन् । नेकपा एमालेले असारु राजवंशी र राप्रपाले नवराज पनेरुलाई मेयरको उम्मेदवार बनाएका हुन् । अब मेयरमा कसले बाजी मार्ला मत परिणामले देखाउने छ । 