२०८३ असार ८ गते , सोमबार

रक्सी सेवन गर्ने व्यक्तिलाई मतदान केन्द्र प्रवेशमा रोक 

sajilo news
झापा
२०७९ बैशाख २८ गते , बुधबार
रक्सी सेवन गर्ने व्यक्तिलाई मतदान केन्द्र प्रवेशमा रोक 

निर्वाचन आयोगले मदिरा सेवन गरेका व्यक्तिहरूलाई मतदाता भए पनि मतदान केन्द्रमा प्रवेश नदिन निर्देशन दिएको छ। बुधबार सहसचिव एंव प्रवक्ता शालिग्राम शर्मा पौडेलले एक विज्ञप्ति जारी गर्दै मतदान केन्द्रमा मदिरा सेवन गरी आएका व्यक्तिलाई प्रवेश नदिन भनेको हो ।  शुक्रबार हुने स्थानीय हत निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न आयोगले मतदान केन्द्रमा जाँदा ध्यान दिनुपर्ने भन्दै विज्ञप्ति जारी गरेको हो ।

‘मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार वा उनका एक निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि, आयोगबाट अनुमतिप्राप्त पर्यवेक्षक, आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्ति, महिला मतदाताको साथमा रहेको बढीमा पाँच वर्षको नाबालक एवं दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगको लागि साथमा आएको एकाघरको परिवारको सदस्यलाई मात्र प्रवेश गर्न दिने व्यवस्था छ,’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ। त्यस्तै, त्यसविपरीत कुनै कार्य कहीँकतैबाट भएमा कारबाही गर्ने आयोगले चेतावनी समेत दिएको छ। 

सम्बन्धित समाचार