२०८३ असार ८ गते , सोमबार
वर्षाले सुखानीको भवन भत्कियो
मङ्गलवार राति आएको वर्षाले इलामको माई नगरपालिका स्थित सुखानी सहिद सहदत स्थलको भवन भत्काएको छ। सहादत स्थलको मूल गेटमामा रहेको प्रतीक्षालय र सूचना केन्द्र भवन बाढीले भत्काएको थियो। सुखानी खोलामा निर्माणाधीन पक्की पुलको काम हुँदै गर्दा खोलाको निकास सानो भई कटान हुँदा भवन भत्काएको स्थानीय सागर लिम्बूले जानकारी दिए । भवन भत्किदा २० लाख बराबरको क्षति भएको दुर्गाराज शंकरले जानकारी दिए ।