२०८३ असार ८ गते , सोमबार
झापामा तीन वटा सवारीसाधन ठोक्किँदा दुर्घटना, एकको अवस्था गम्भीर
झापाको सुरुङ्गास्थित पूर्व पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक जना मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।प्रहरीका अनुसार बुधवार दिउँसो पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १३ च ७१८२ नम्बरको कारमा सोही दिशातर्फ जाँदै गरेको मे २ प ६८३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ठोक्किँदा पछाडिबाट आउँदै गरेको बा ५ ख ५८३ को नम्बरको बसले समेत ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकल चालक झापा गाउँपालिका ३ बस्ने ३५ वर्षीय वरुणकुमार चौधरी गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारको लागि बिएण्डसी हस्पिटलमा लगिएको छ । यता मोटरसाइकल र बसलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।