२०८३ असार ८ गते , सोमबार

मतदानका दिन आन्तरिक सबै उडान सेवा बन्द हुने

sajilo news
झापा
२०७९ बैशाख २५ गते , आईतबार
मतदानका दिन आन्तरिक सबै उडान सेवा बन्द हुने

वायुसेवा सञ्चालक संघले निर्वाचनको दिन ३० वैशाखमा सबै उडान सेवा बन्द गर्ने निर्णय भएको जनाएको हो ।  उक्त दिन सबै खालका यातायात सेवा पनि बन्द हुनेछन् । यद्यपि अन्तर्राष्ट्रिय उडान भने यथावत रहनेछन् । मुलुकभित्र मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनका उडान भने हुने संघले एक विज्ञप्ति जारी गरेर जनाएको छ ।

निर्वाचन आयोगको यहि २२ वैशाखमा बसेको बैठकले स्थानीय तह निर्वाचनको मतदानको दिन आन्तरिक रूपमा सञ्चालन हुने सबै प्रकारका यातायात सेवा बन्द गर्ने निर्णय गरेको थियो । सोहीअनुसार वायुसेवा सञ्चालक संघले पनि आन्तरिक सबै हवाई उडान बन्द गर्ने निर्णय गरेको हो । 

सम्बन्धित समाचार