२०८३ असार ८ गते , सोमबार
श्रमिक दिवसको अवसरमा भद्रपुरमा प्रभातफेरि
१३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर श्रम तथा रोजगार कार्यालय भद्रपुरले प्रभात फेरि सम्पन्न गरेको छ । कार्यालयका प्रमुख दुर्गाप्रसाद आचार्यको नेतृत्वमा निस्किएको प्रभात फेरि र्यालीले चेतना मूलक प्ले कार्ड सहित चौक बजार परिक्रममा गरेको थियो ।
मर्यादित श्रम सुरक्षित रोजगार विकास र समृद्धिको आधार नारासहित कार्यक्रम रहेको जानकारी दिँदै प्रमुखले यो महिनाको अन्तिम साताभरि श्रम चेतनामूलक कार्यक्रम जारी रहने छ । उनका अनुसार श्रम र रोजगार नै विकास र समृद्धिको आधार भएकोले श्रमिक सुरक्षा अनिवार्य आवश्यक रहेको छ ।