२०८३ असार ८ गते , सोमबार

सिन्धुलीमा जिप दुर्घटना, तीन जनाको घटनास्थलमै मृत्यु

sajilo news
झापा
२०७९ बैशाख १६ गते , शुक्रबार
सिन्धुलीमा जिप दुर्घटना, तीन जनाको घटनास्थलमै मृत्यु

सिन्धुलीमा बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा ७ जना घाइते भएका छन्। दुर्घटनामा कमलामाई नगरपालिका-७ का ३० वर्षीया रुपा मगर, तीनपाटन गाउँपालिका-९ आम्बोटेका ५१ वर्षीय रामजीप्रसाद भण्डारी र ४५ वर्षीय तुलसीराम पहाडीको मृत्यु भएको सिन्धुलीका एसपी विमलराज कँडेलले थाहाखबरलाई जानकारी दिए।

उनका अनुसार घाइते सबैलाई स्थानीय बेलघारी स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि जिल्ला अस्पताल पठाउने तयारी गरिएको छ।

सिन्धुली माडीबाट चकमके जाँदै गरेको बागमती प्रदेश ०१– ०२५ च ०४५६ नम्बरको बोलेरो तीनपाटन गाउँपालिका-५ को नक्कलेमा आज साँझ दुर्घटना भएको थियो। जिप सडकबाट करिब एक सय मिटर तल खसेको एसपी कँडेलले बताए।

सम्बन्धित समाचार