२०८३ असार ८ गते , सोमबार

रुख चढेर घाँस काट्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु 

sajilo news
झापा
२०७९ बैशाख १२ गते , सोमबार
रुख चढेर घाँस काट्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु 

भोजपुर नगरपालिका- १२ मोरीयामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सोमबार बिहान पौने ७ बजे भोजपुरको रामप्रसाद राई गाउँपालिका ७ आरीखोला घर भई मोरीया बस्ने २५ वर्षीय गणेश थापाको करेन्ट लागेर मृत्यु भएको छ । रुखबाट घाँस झार्ने क्रममा बिजुलीको नाङ्गो तारमा रुखको हाँगा झरी करेन्ट लाग्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । 

सम्बन्धित समाचार