२०८३ असार ८ गते , सोमबार
आजको मौसम : मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना
हाल देशका पहाडी भूभागमा स्थानीय वायुको प्रभाव रहेको छ। आज (सोमबार) बिहान प्रदेश-१ मा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबार दिउँसो भने देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ। बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ। प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको छ ।
सोमबार राती भने देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ। साथै बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ। प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।