२०८३ असार ८ गते , सोमबार

हल्दिवारी गाउँपालिकाको कामकाज नयाँ कार्यालय भवनबाट शुरु

sajilo news
झापा
२०७९ बैशाख ८ गते , विहीबार
हल्दिवारी गाउँपालिकाको कामकाज नयाँ कार्यालय भवनबाट शुरु

हल्दिवारी गाउँपालिकाको कामकाज नयाँ कार्यालय भवनबाट शुरु भएको छ । हल्दिवारी ५ स्थित धनुष पोखरीमा नवनिर्मित गाउँपालिकाको भवनबाट सेवा दिन थालिएको प्रमुख प्रशासकीय अधिकृत प्रवीण दाहालले जानकारी दिए । गाउँपालिकाको आफ्नो भवन नहुँदा करिब ५ वर्षसम्म भाडाको घरबाट सेवा दिँदै आएका थिए । 

उनका अनुसार ४ करोड १० लाख रुपैयाँ लागतमा निर्मित भवनको ५ प्रतिशत काम मात्र सम्पन्न हुन बाँकी छ । हल्दिवारीको पहिचान झल्काउने धनुष पोखरीको नामबाट धनुष आकारको कार्यालय भवन बनाइएको हो ।  सबै विषयगत शाखाहरू एकै ठाउँमा भएको काम कारबाहीमा सजिलो हुने कर्मचारीहरू बताउँछन् । जनप्रतिनिधिहरूले भने नयाँ भवनमा बस्ने अवसर नै नपाई स्थानीय तहको निर्वाचनमा जानु परेको अवस्था छ । 

सम्बन्धित समाचार