२०८३ असार ८ गते , सोमबार

झापाको बुद्धशान्तिमा चितुवा आतंक, स्थानीय त्रसित

sajilo news
झापा
२०७९ बैशाख ८ गते , विहीबार
झापाको बुद्धशान्तिमा चितुवा आतंक, स्थानीय त्रसित

झापाको बुद्धशान्ति गाउँपालिका ३ मा चितुवा आतंकले स्थानीय आजित बनेका छन् । ३ नम्बर वडा साविक बुधबारे गाविस ८ नम्बरमा पर्छ । स्थानीय आर्दश वन छेउमा गएराति चितुवाले स्थानीयको बाख्रा मारेको छ । खोरभित्र बाँधिएको बाख्रालाई आक्रमण गरि मारेको हो । चितुवाको आक्रमणबाट केही अन्य चौपाय पनि घाइते छन् ।

स्थानीय भोजराज बाँस्तोलाले पालेको एउटा बाख्रा चितुवाले आक्रमण गरि मारेको छ भने केही बाख्रा, गाईबस्तुलाई घाइते बनाएको स्थानीयल बताए । राति एक्कासि नजिकैको सामुदायिक वनबाट चितुवा आएर बाख्रा मारेको बाँस्तोलाको भनाइ छ । साविक बुधबारे गाविस हालको बुद्धशान्ति गाउँपालिका हात्तीपीडित क्षेत्रका रुपमा रहँदै आएको छ ।

सम्बन्धित समाचार