२०८३ असार ८ गते , सोमबार

ट्याक्टरको ठक्करबाट एक वृद्धको मृत्यु

sajilo news
मोरङ
२०७९ बैशाख ६ गते , मंगलबार
ट्याक्टरको ठक्करबाट एक वृद्धको मृत्यु

मोरङको कानेपोखरी गाउँपालिका ७ स्थित भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । सोमबार बिहान साढे ७ बजेको समयमा प्रदेश १-०२-००३ त ८२० नम्बरको ट्याक्टरले पैदल यात्री लेटाङ ५ निवासी ८१ वर्षीय मान बहादुर राईलाई ठक्कर दिएको थियो । घाइते भएका राईको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको छ । ठक्कर दिने ट्याक्टर र चालक मिक्लाजुङ ५ मोरङका महेश कार्कीलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ । 

 

सम्बन्धित समाचार