२०८३ असार ८ गते , सोमबार

विराटनगरमा आगलागी, चार पसल जलेर नष्ट

sajilo news
रासस
२०७९ बैशाख ६ गते , मंगलबार
विराटनगरमा आगलागी, चार पसल जलेर नष्ट

विराटनगर महानगरपालिका–७ अस्पताल चोकमा रहेको होटल र पसलमा सोमबार राति १२ बजे आगलागी हुँदा  चार पसल पूर्णरूपमा नष्ट भएको छ । विराटनगर महानगरपालिका वारुणयन्त्र कार्यालयका दिनेशकुमार चौधरीका अनुसार कुमारप्रसाद घिमिरेको घरमा सञ्चालित होटल र किराना पसल आगलागीबाट जलेर नष्ट भएको भएको छ ।

उक्त आगो विराटनगरका तीन र दुहवी नगरपालिकाको एक वारुणयन्त्र, प्रहरी र सर्वसाधारणको सहयोगमा आज बिहान २ बजे नियन्त्रणमा लिएको  कार्यालयका फायरम्यान  चौधरीले जानकारी दिए । आगो के कसरी लागेको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ भने क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको चौधरीले बताए । आगो नियन्त्रणका क्रममा कार्यालय तीन कर्मचारी घाइते भई स्थानीय म्याक्स अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार