२०८३ असार ८ गते , सोमबार

घडेरीको पूजा गर्ने क्रमा ढिस्कोले पुरिएर पुजारीको मृत्यु, एक बालिका घाइते

sajilo news
पाँचथर
२०७९ बैशाख ५ गते , सोमबार
घडेरीको पूजा गर्ने क्रमा ढिस्कोले पुरिएर पुजारीको मृत्यु, एक बालिका घाइते

फिदिम नगरपालिका-१ बुद्धचोकमा ढिस्कोले पुरिएर गोपाल ढुंगानाको मृत्यु भएको छ । मदन पन्दाकको घडेरीमा घर बनाउन शुभसाइतमा पूजा गर्ने क्रममा माथिबाट झरेको ढिस्कोले ढुंगानालाई पुरेको हो । पुजारीको काम गरिरहेका ढुंगानालाई ढिस्कोले पुरेको हो । पुरिएको ठाँउबाट निकालेर पाँचथर अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

ढिस्कोले पुरिएर एक बालिकासमेत घाइते भएकी छन् । शैलेन्द्र पन्दाककी ९ वर्षीया छोरी साहिसा पन्धाक घाइते भएकी हुन् । उनको पाँचथर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । ढिस्कोमा पुरिएका ढुंगानालाई उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका जवानहरु खटिएका थिए ।

जेसीभीको प्रयोग गरेर पुरिएका ढुंगानालाई निकालिएको हो । ढिस्कोसहित सोही स्थानका लेखनाथ खतिवडाको घर समेत जोखिममा परेको छ । खतिवडाको ट्वाईलेटको सेफ्टी ट्याङ्की भत्किएको छ । उनको घरको पर्खालसमेत जोखिममा परेको छ ।

सम्बन्धित समाचार