२०८३ असार ८ गते , सोमबार

पैनीमा डुबेर झापामा एक बालिकाको मृत्यु 

sajilo news
झापा
२०७९ बैशाख ४ गते , आईतबार
पैनीमा डुबेर झापामा एक बालिकाको मृत्यु 

झापाको अर्जुनधारा नगरपालिका ४ दहीझोडा स्थित पैनीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । शनिवार साँढे ५ बजे स्थानीय मनु चेम्जोङकी ४ वर्षीया छोरी सचिना चेम्जोङ घरबाट ३०० मिटर दक्षिणमा रहेको पानीमा मृत अवस्थामा भेटिएको थियो । स्थानीयले बालिका मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी शनिश्चरेले जानकारी पाउन साथ घटनास्थल पुगेको थियो । यता घटना सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनिले जनाएको छ । 

सम्बन्धित समाचार