२०८३ असार ८ गते , सोमबार

हल्दिबारीमा तीन दिने पत्रकारिता तालिम शुरु

sajilo news
झापा
२०७९ बैशाख ३ गते , शनिबार
हल्दिबारीमा तीन दिने पत्रकारिता तालिम शुरु

हल्दिबारीमा तीन दिवसीय आधारभूत पत्रकारिता तालिम शनिवारबाट शुरु भएको छ ।  प्रेस क्लब  हल्दिबारीको आयोजना तथा हल्दिबारी गाउँपालिका न्यायिक समितिको  सहयोगमा सञ्चालित तालीममा हल्दिबारीका ३० जना युवाहरूको सहभागिता रहेको छ । 

हल्दिवारी गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक डम्बरबहादुर गिरीको प्रमुख आतिथ्य तथा प्रेस क्लब हल्दिबारीका अध्यक्ष नेत्र विक्रम बिमलीको सभापतित्वमा  शुरु भएको तालीमको उद्घाटन प्रमुख अतिथि गिरीले ब्यानर पडेर गरे । 

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरीले तालीम पश्चात् सत्य तथ्य समाचार लेख्न सहयोग मिल्नेमा जोड दिँदै तालीममा सहभागीहरूमध्ये एक जनालाई हल्दिबारीमा ५ वर्षमा शिक्षा समितिले गरेको कामको समाचार लेखन मध्ये प्रथम हुनेलाई ५ हजार नगद दिने घोषणा गरे ।

तालिमले सामाजिक सञ्जालमा हुने विकृतिलाई समेत रोक्न मद्दत पुग्ने उनले बताए । कार्यक्रममा प्रशिक्षक गोपाल काफ्ले, क्लबका सल्लाहकार नरेश चुँडाल लगायतले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए । 

गाउँपालिका वडा नम्बर २ रेडक्रस भवनमा बैशाख ३ गतेबाट शुरु भएको तालिम ५ गते सम्म सञ्चालन हुने छ । उद्घाटन सत्र कार्यक्रमको सहजीकरण क्लबका उपाध्यक्ष याम दङ्गाल र सचिव देवीका अधिकारीले गरेका थिइन् । 

सम्बन्धित समाचार