२०८३ असार ८ गते , सोमबार

नयाँ वर्षमा चन्द्रगढमा सरसफाइ

sajilo news
झापा
२०७९ बैशाख २ गते , शुक्रबार
नयाँ वर्षमा चन्द्रगढमा सरसफाइ

भद्रपुर । नयाँ वर्ष २०७९ को अवसर पारेर भद्रपुर १० स्थित सेन्ट कुजुर एकेडेमीका पूर्व विद्यार्थीहरूले ऐतिहासिक स्थल चन्द्रगढ आसपास सरसफाइ सम्पन्न गरेका छन् । सेन्ट कुजुर एल्मुनाई एसोसिएसनको आयोजनामा विद्यालय परिसरदेखि ऐतिहासिक स्थल चन्द्रगढ हुँदै देउनियाँ खोलाको झोलुङ्गे पुलसम्म सरसफाइ गरिएको हो ।

सवीलाल राजवंशीको अध्यक्षता तथा फत्तेबहादुर कार्कीको प्रमुख आतिथ्यमा नयाँ वर्षको शुभकामना आदान प्रदान समेत गरिएको थियो ।कार्यक्रममा शिक्षक तथा सञ्चारकर्मी राजु बराल, हेल्पिङ्ग हेण्डका अध्यक्ष सुवासप्रसाद सुवेदी, समाजसेवी बाबुराम पराजुली र सञ्चारकर्मी डिल्ली रमण नेपालले शुभकामना मन्तव्य राखेका थिए ।

सम्बन्धित समाचार