२०८३ असार ८ गते , सोमबार
मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
मोरङको ग्रामथान गाउँपालिका ५ ककरमारी स्थितमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने ६५ वर्षीया केवादेवी चौधरी रहेकी छन् ।
बुधवार राती साढे ७ बजे बिराटचौक घिनाघाट सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को ३७ प ६३४१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी चौधरीको विराट नर्सिङ होम विराटनगरमा आज बिहान ४ बजे उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल र चालक सोही स्थान ६ बस्ने ३० वर्षीय रबिन तबदार इलाका प्रहरी कार्यालय हरैचाको नियन्त्रणमा लिएको छ ।