२०८३ असार ८ गते , सोमबार

कारागारमा कैदीबन्दीबिच झडप, २५ जना घाइते

sajilo news
सुनसरी
२०७८ चैत्र ३० गते , बुधबार
कारागारमा कैदीबन्दीबिच झडप, २५ जना घाइते

सुनसरीको झुम्का कारागारमा कैदीबन्दीबिच झडप भएको छ। झडपमा परी २५ जना कैदी घाइते भएका छन् । बिहीबार दिउसो कारागारको 'बी ब्लक'मा रहेका कैदी बन्दी समूह बिच झडप हुँदा घाइते भएका २५ जना कैदीमध्ये ५ जनालाई गम्भीर चोट लागेकाले अस्पताल भर्ना गरिएको कारागारका जेलर प्रदीप शाहले बताए। 
कारागारको चौकीदार को बन्ने भन्ने विषयमा विवाद हुँदा दुई समूहबिच झडप भएको बताइएको छ। झडपमा परी गम्भीर चोट लागेका ५ जनाको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको र बाँकी २० जनाको कारागारमै स्वास्थ्यकर्मी झिकाएर उपचार गरिएको जेलर शाहले बताए। 
झुम्का कारागारको बी ब्लकका चौकीदार समेत रहेका कैदी खड्गबहादुर राई र ए ब्लकका जोन नाल्बो लिम्बूलाई मुढा बनाउने कच्चा पदार्थ खरिद गर्न बजार निस्किएको बेला जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले सोमबार पक्राउ गरी रातारात अन्यत्र सरुवा गरेपछि दुई दिनयता कारागार अशान्त बनेको हो । 

सम्बन्धित समाचार