मालपोतको शतवार्षिकी कार्यक्रम आजदेखि सुरु
भद्रपुर । मालपोत कार्यालयहरूबाट घर जग्गाको लिखद दर्ता गर्ने र गराउने कानुन सरकारले लिखद पारित गरेको एक सय वर्ष पूरा भएको अवसरमा झापासहित देशभरका मालपोत कार्यालयहरूले तीन दिन विविध कार्यक्रम गरी मनाउँदैछ
शतवार्षिकी कार्यक्रम अन्तर्गत मालपोतले चैत ३० देखि बैशाख २ गते सम्म दीपावली, सरसफाइ लगायतका कार्यक्रमहरू गर्दै मनाउन लागेको हो ।
वि.सं. १९७९ साल बैशाख १ गते नेपाल सरकारबाट लिखद पारित भई लागु गरिएको थियो । सोही दिनको सन्दर्भ पारेर भूमि सुधार तथा मालपोत कार्यालय झापाले बुधवार सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।
मालपोत कार्यालय झापाका प्रमुख योगेन्द्र दुलालले आज कार्यालय परिसर सरसफाइ, बैशाख १ गते सरोकारवाला निकायहरूसँग अन्तरक्रिया गर्ने र बैशाख २ गते कार्यालयमा सेवा लिन आउने पहिलो सेवाग्राहीलाई फुलमालाले स्वागत सम्मानसहित सोही दिन बेलुका दीपावली मनाउने बताए । २ र ३ गते सार्वजनिक बिदा परेकोले सम्मान कार्यक्रम ४ गते आइतबारका दिन गरिने उनले बताए ।