२०८३ असार ८ गते , सोमबार

जिप दुर्घटनामा परी दुई प्रहरीको मृत्यु

sajilo news
झापा
२०७८ चैत्र ३० गते , बुधबार
जिप दुर्घटनामा परी दुई प्रहरीको मृत्यु

सोलुखुम्बुबाट छुटेको जिप ओखलढुंगाको हर्कपुरमा दुर्घटना भएको छ। आज बिहान पुर्वको लागि छुटेको जिप करिब ९:४० बजे हर्कपुरको भडारे खोलामा दुर्घटना हुँदा दुई जना प्रहरीको मृत्यु भएको ओखलढुंगा प्रहरीले जनाएको छ।

ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले एकजना प्रहरी हवलदार र एक जना जवानको मृत्यु भएको भन्ने जानकारी प्राप्त भए पनि थप विवरण आउँन बाँकी रहेको बताए।

जिपमा ९ जना प्रहरी सवार रहेको भए पनि के कति घाइते भए भन्ने विषयमा समेत जानकारी लिने काम भइरहेको उनको भनाइ छ। अहिले घाइतेको घुर्मीमा प्राथमिक उपचार भइरहेको बताइएको छ। यस्तै जटिल अवस्थाकालाई थप उपचारको लागि काठमाडौं लैजान हेलिकोप्टरसँग समन्वय भइरहेको सिडिओ तामाङले बताए।

प्रहरीका अनुसार अहिले उद्धार कार्य जारी छ। घटनास्थलमा ओखलढुंगाका प्रहरी नायव उपरीक्षक सहितको टोली पुगेको छ। अन्य थप विवरण आउन बाँकी छ। थाहाखबर

सम्बन्धित समाचार