२०८३ असार ८ गते , सोमबार

झापामा टिपरको ठक्करबाट राप्रपा नेता अधिकारीको मृत्यु

sajilo news
झापा
२०७८ चैत्र ३० गते , बुधबार
झापामा टिपरको ठक्करबाट राप्रपा नेता अधिकारीको मृत्यु

राष्ट्रिय प्रजातन्त्र पार्टी अर्जुनधारा नगरपालिका- १ का अध्यक्ष एवम् राप्रपा झापा सांस्कृतिक विभाग प्रमुख नरेन्द्र अधिकारीको टिपरको ठक्करबाट मृत्यु भएको छ ।

टिपरको ठक्करबाट घाइते भएका अर्जुनधारा १ बस्ने ४५ वर्षीय अधिकारीको उपचारका क्रममा मृत्यु भएको हो । चैत २७ गते दिउँसो २.१५ बजेको समयमा अर्जुनधारा- ८ शनिश्चरे बजारस्थित भित्री पक्की सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ना ७ ख १९०० नम्बरको खाली टिपर र सोही दिशातर्फ जाँदै गरेको प्र १–०१–०१४ प ९४४० नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक अधिकारी घाइते भएका थिए । घाइतेको उपचारका क्रममा हिजो दिउँसो ३.२० बजे बिएण्डसी अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनापछि दुवै सवारी साधन र टिपर चालक अर्जुनधारा- ४ बस्ने ४३ वर्षीय सूर्यनारायण चौधरीलाई बिर्तामोड प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार